रोकिएका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने त्रिविको तयारी


काठमाडौं : कोरोना महामारीका कारण पटक पटक जारी गरिको निषेधाज्ञाका कारण रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी त्रिभुवन विश्वविद्यालयले तयारी थालेको छ ।

गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी थालेको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताए । तयारी सुरु गरिसकेको कुरा उपकुलपति बासकोटाले बताएपनि परीक्षा सक्नेमा शंका छ । विद्यार्थीहरु भने अन्यौलमा छन् ।

बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आ–आफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए ।

प्रकाशित : २०७८ जेष्ठ २०, बिहीबार ०९:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ