कोरोनाबाट जसपा केन्द्रीय सदस्य चौधरीको निधन


टुडेखोज, कपिलवस्तु : कोरोना संक्रमणका कारण जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य राम विकास चौधरी (बड्कु)को निधन भएको छ । कपिलवस्तुको बिजयनगर गाउँपालिकाका ७ निवासी चौधरीको बुधवार राति निधन भएको हो ।

विगत १ महिना देखि बिरामी भई उपचाररत रहेका चौधीरीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना संंक्रमित रहेका चौधरीलाई श्वासप्रश्वाममा समस्या भएपछि विजयनगर गाउँपालिका ७ का वडाध्यक्ष दिनेश चौधरीले एम्बुलेन्सको व्यावस्थापन गरि उपचारको लागि कपिलवस्तु जिल्ला अस्पताल पठाएको थियो ।

केही समय त्यहा उपचार भएपछि कोरोना नेगेटिभ आएपनि स्वास्थ्यमा भने सुधार आएको थिएन । चौधरीको स्वास्थ्य अवस्थामा सुधार नआए पछि भारतको लखनऊस्थित शहर अस्पतालमा लगिएको थियो । उक्त अस्पतालमा कोरोना परिक्षण गर्दा पुनः पोजेटिभ देखिएको थियो । उनको उपचार कै क्रममा मृत्यु भएको जसपा केन्द्रीय सदस्य रवि दत्त मिश्राले जानकारी दिए ।

प्रकाशित : २०७८ जेष्ठ २०, बिहीबार १०:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ