सिरहाका पूर्वसांसद वाइबाको निधन


लहान : पूर्वसांसद तथा नेकपा माओवादी केन्द्रका नेता विएल वाइबा नामले परिचित विष्णु बहादुर तामाङको निधन भएको छ । सिरहाको कर्जन्हा नपा ५ निवासी ७८ वर्षीय तामाङको उपचारको क्रममा आज राति निधन भएको हो ।

कारोना सङ्क्रमणबाट मुक्त भइसकेका उनको उपचारको सिलसिलामा सुगर लेभल एक्कासी बढी भएर झापाको दमकमा रहेको आम्दा अस्पतालमा मृत्यु भएको बताइएको छ । उनको शव घर ल्याइरहेका बताइएको बडा अध्यक्ष भुषण खातीले जानकारी दिए । घर ल्याएर भोली बिहानमात्रै दाहसंस्कार गर्ने कार्यक्रम बनिरहेको उनले बताए ।

२०४८ सालको आम निर्वाचनमा उनी सिरहा क्षेत्र नंं ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए । उनी कम्यूनिष्ट आदर्श र सोशित पीडित जनताप्रति समर्पित नेताको रुपमा परिचित थिए ।

प्रकाशित : २०७८ जेष्ठ २१, शुक्रबार ०९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ