कोभिड तेस्रो र चौथो लहरको खतरा : बालबालिकाका लागि २० प्रतिशत बेड तयार राख्न पत्राचार


काठमाडौं : सरकारले कोभिड महमारीको तेस्रो र चौथो लहरले वालवालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत बेड राख्न अनुरोध गरेको हो ।

अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनेको छ । दोस्रो लहरले युवा र प्रौढहरुलाई असर गरेकोले अहिलेको तयारी सो समुदाय लक्षित रहेकाले बालवालिकालाई सुरक्षित गराउन तेस्रो र चौथो लहर आउनुअघिनै सरकारले सजगता अपनाएको हो ।

प्रकाशित : २०७८ जेष्ठ २१, शुक्रबार १६:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ