परराष्ट्रसहित उपप्रधानमन्त्री बन्दै रघुवीर महासेठ


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले रघुवीर महासेठलाई परराष्ट्रसहित उपप्रधानमन्त्री बनाउने भएका छन् । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफू पार्टी काममा केन्द्रित हुने इच्छा व्यक्त गरेपछि महासेठले मौका पाएका हुन् ।

पोखरेल सरकारमा नरहने भएपछि विष्णु पौडेल पनि उपप्रधानमन्त्री बन्ने भएका छन् । पौडेल अर्थ मन्त्रीसहित उपप्रधानमन्त्री हुनेछन् ।

त्यस्तै शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुने भएका छन् । महासेठ यसअघि ओली सरकारमै भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका थिए । तर उनको काममा असन्तुष्टि जनाउँदै ओलीलाई उनलाई हटाएका थिए ।

प्रकाशित : २०७८ जेष्ठ २१, शुक्रबार १८:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ