‘राजेन्द्र महतोको अभिव्यक्ति माओवादी केन्द्रको एजेन्डा हो’


काठमाडौं : सत्तारुढ एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको भएको आरोप लागेका छन् ।

उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादास्पद अभिव्यक्ति दिएका बेला पोखरेलले जुन कुराको विरोध भइरहेको छ, त्यो हिजो माओवादी केन्द्रको नीति भएको बताएका छन् । उनले जसपासँग कतिपय नीतिगत विषयमा विमति रहेको बताएका छन् ।

पोखरेलको स्टाटस जस्ताको त्यस्तै :
जसपाका कतिपय नीतिसँग हाम्रा विमति हिजो पनि थिए र आज पनि छन् नै । आज जुन कुराको तीव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो । आज माओवादी केन्द्रको उक्त नीति बदलिएको हो भने जसपाको पनि अवश्य बदलिनेछ । तर, राष्ट्र र राज्यका बारेमा हामी हिजो पनि स्पष्ट थियौँ र आज पनि स्पष्ट नै छौँ ।

प्रकाशित : २०७८ जेष्ठ २३, आईतवार ०९:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ