नयाँ मन्त्रीलाई काममा रोक लगाउन सर्वोच्चमा ६ रिट दर्ता


काठमाडौं : शुक्रबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट निवेदन दर्ता भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कञ्चनकृष्ण न्यौपाने, सालिकराम सापकोटालगायतले दायर गरेका रिट निवेदन सोमबार सर्वोच्चमा दर्ता भएका हुन् ।

सर्वोच्च अदालतको रिट महाशाखा प्रमुख बाबुराम दाहालले ६ वटै रिट मंगलबार इजलासमा पेस गरिने जानकारी दिए ।कामचलाउ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट मन्त्रिपरिषद्‍मा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्यविभाजन गैरसंवैधानिक, कपटपूर्ण एवं संविधानविपरीत भएकोले बदर हुनुपर्ने रिट निवेदनमा माग गरिएको छ ।

रिटमा मुद्दाको अन्तिम किनारा नलागेसम्म नवनियुक्त उपप्रधानसहितका मन्त्रीहरूलाई मन्त्रीका हैसियतले कुनै पनि कार्य नगर्नू रनगराउनू भनी अन्तरिम आदेशको समेत माग गरिएको छ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर नेतृत्व सरकारमा सहभागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

प्रकाशित : २०७८ जेष्ठ २४, सोमबार १७:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ