प्रदेश २ : अब प्रदेशसभा बैठक बुधवार बस्ने, प्रतिपक्षीसँग मिलेन कुरा


टुडेखोज, जनकपुरधाम : प्रदेश सरकारले स्थानीय तहमा पठाएको सशर्त अनुदानको विषयमा प्रदेशसभामा लफडा सुरु भएको छ । प्रतिपक्षी नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीले मंगलवार प्रदेशसभा बैठक नै चल्न दिएन ।

बैठकमा प्रतिपक्षी दलका साँसदहरु सशर्त अनुदानको विषयमा भएको सहमतीको पालना सरकारले नगरेको भन्दै बैठक अवरुद्ध पार्दा सभामुखले १ घण्टाका लागि सदन स्थगत गरेका थिए । तर सहमती नहुँदा प्रदेशसभा सचिवालयले भोली बुधवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको बुझिएको छ ।

प्रतिपक्षी साँसदहरुले सशर्त अनुदान रकमको विषयमा मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिनुपर्ने अडान राखेका छन् । उनीहरुले सम्बन्धित साँसदको सिफारिसमा स्थानीय पालिकाले अनुदानको रकम खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ २५, मंगलवार १७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ