जसपा नेतृ विद्रोहीले बाँडिन् १०१ दलित महिलालाई साडी


टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)की मधेस प्रदेश समिति सदस्य ललिता दास ‘विद्रोही’ले दलित महिलालाई साडी बाँडेकी छन् ।

लहान नगरपालिका १ घर भएकी नेतृ विद्रोहीले स्थानीय १०१ महिलालाई आज विहान साडी वितरण गरेकी हुन् । उनले बट साबित्री पर्वको अवसरमा महिलाहरुलाई साडी वितरण गरेको बताएकी छन् । साडी आफ्नै लगानीमा बाँडेको उनले बताइन् ।

महिला हिंसाविरुद्ध दिनरात खट्ने उनी जहिल्यै चर्चामा रह्ने गरेकी छन् । नेतृ विद्रोहीलाई धेरैले ‘फुलनदेवी’सँग तुलना गर्छन् ।

प्रकाशित : २०७८ जेष्ठ २७, बिहीबार ०९:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ