धनुषा जिल्लाभर अब विहान ११ बजेसम्म पसल खोल्न पाइने


टुडेखोज, जनकपुरधाम : कोरोना रोकथामका लागि धनुषामा जारी निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरिएको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो ।

अब विहान ६ बजेदेखि ११ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर पसलहरु खोल्न पाइने निर्णय भएको जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । उनका अनुसार विहान ११ बजेपछि पसल खोल्नेलाई जरिवाना गरिनेछ ।

निषेधाज्ञाका समयमा होटेल, स्कुल, सैलुन, जिमखना भने खोल्न नपाउने निर्णयले निरन्तरता दिइएको छ । धनुषामा गत चैत २२ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । समितिको आजको बैठकले सात दिन निषेधाज्ञा थपेको बुझिएको छ ।

प्रकाशित : २०७८ जेष्ठ ३१, सोमबार १४:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ