जनकपुरमा वर्षा सुरु, मौसम विभागले दियो बाढी आउने चेतावनी


टुडेखोज, जनकपुरधाम : जनकपुरधामसहित प्रदेश २ का अधिकांश स्थानमा वर्षा सुरु भएको छ । विहान करिब ११ बजेदेखि बर्षा सुरु भएको हो ।

मौसम विभागले देशका अधिकांश भागमा लगातार तीन दिन भारी वर्षा हुने जनाएको छ । साथै विशेषगरी मधेसका नदीनालामा बाढी आउने चेतावनी दिँदै सतकर्ता अपनाउन अनुरोध पनि गरेको छ । मधेसका जिल्लामा हरेक वर्ष बाढीले ठूलो क्षति पुर्याउछ ।

यसवर्ष देशभरका १७ लाख बढी मानिस बर्षाले संकटमा पर्ने अनुमान गरिएको छ । अन्य बर्षको तुलनामा यसवर्ष बढी क्षति हुने मौसम विज्ञहरु बताउँछन् ।

प्रकाशित : २०७८ असार १, मंगलवार ११:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ