प्रदेश २ : मठमन्दिर, पोखरी र पार्क निर्माणमा पनि ठूलो रकम विनियोज, हेर्नुस् पूर्णपाठ


जनकपुरधाम : प्रदेश २ सरकारले बजेटमा मठमन्दिर, पोखरी र पार्क निर्माणमा ठूलो रकम विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले सार्वजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्रसँगै मठमन्दिर, पोखरी र पार्क निर्माणमा धेरै रकम विनियोजन गरेको भन्दै आलोचना सुरु भएको छ ।

मन्त्री यादवले शहिदहरुको स्मृति पार्क निर्माण गर्न १ करोड, प्रत्येक निर्वाचन क्षेत्रमा पोखरी संरक्षण तथा सौन्दर्यीकरण गर्न ३२ करोड र धार्मिक सम्पदाको संरक्षणका लागि १८ करोड विनियोजन गरेका छन् ।

यस्तै बजेटमार्फत् पौराणिक एवं ऐतिहासिक सम्पदाको संरक्षण र त्यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न १५ करोड र प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा पार्क निर्माणका लािग १६ करोड विनियोजन गरिएको छ । हेर्नुस् पूर्ण पाठ :

प्रकाशित : २०७८ असार १, मंगलवार १८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ