प्रदेश २ : निर्वाचन क्षेत्र विकासको रकम बढाउन माग राख्दै संसद अवरुद्ध गरियो


जनकपुरधाम : प्रदेश २ सरकारले आगामी वर्षका लागि ल्याएको बजेट प्रतिपक्षी दलका सांसदहरुले टेबल गर्न अवरोध गरेका छन् । सांसद निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाउनुपर्ने भन्दै उनीहरुले अवरोध गरेका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले बजेट प्रस्तुत गरेपछि सभामुख सरोज यादवले ५स्३० बजेसम्मका लागि सदन स्थगित गरेका थिए । त्यसपछि झण्डै डेढ घण्टा ढिलो बजेट टेबल गर्न बैठक बस्दा प्रतिपक्षी सांसदहरुले अवरोध गरेका हुन् ।

सांसद सुन्दरबहादुर विश्वकर्माले बजेट फ्रिज हुनबाट जोगाउन समानुपातिक सांसदलाई २ करोड ५० लाख र निर्वाचित सांसदलाई ५ करोड बजेट निर्वाचन क्षेत्रको विकासका लागि दिनुपर्ने बताए ।

सभामुख यादवले विरोध गर्न उभिएका प्रतिपक्षी सांसदहरुलाई बस्न आग्रह गरे पनि नमानेपछि १० मिनेटका लागि पुनः बैठक स्थगित गरिएको छ ।

प्रकाशित : २०७८ असार १, मंगलवार १९:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ