जनकपुरको कोभिड अस्पतालमा भ्रष्टाचार, मुख्यमन्त्री राउतविरुद्ध यूवाहरुद्वारा प्रदर्शन


टुडेखोज, जनकपुरधाम : प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोभिड विशेष अस्पतालमा व्यापक भ्रष्टाचार भएको र कर्मचारीहरु मनपरी तरिकाले भर्ना गरेको भन्दै यूवाहरु आन्दोलन सुरु गरेका छन् ।

युवा नेता मुन्जय राउतको नेतृत्वमा मंगलवार जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी प्रदर्शन गरियो । युवाहरुले मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, कर्मचारी भर्ना प्रक्रिया सार्वजनिक गर, खर्च रकम पारदर्शी गर जस्ता नारा लगाए ।

कोभिड अस्पतालमा ९ करोड खर्च भयो भन्दैछन् तर यसमा ठूलो भ्रष्टाचार भएको यूवा नेता राउतले आरोप लगाए । उनले खर्च भएको रकम र कर्मचारीको भर्ना प्रक्रिया तीन दिनभित्र सार्वजनिक नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

प्रकाशित : २०७८ असार ८, मंगलवार १९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ