प्रदेश २ : मध्यरातमा झ्यालबाट युवतीको कोठा छिरेका युवक पक्राउ


पर्सा : मध्यरातमा झ्यालबाट युवतीको कोठा छिरेका एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउपालिका १ का २५ वर्षीय सुरेन्द्र भन्ने अब्दुल्लाह अन्सारी रहेका छन् ।

स्थानीय एक युवतीले अन्सारीले गत सोमवार मध्यरातमा झ्यालबाट कोठामा प्रवेश गरी जर्वजस्ती गर्न खोजेको उजुरी प्रहरीमा दिएकी थिइन् । सोही आधारमा अन्सारीलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार उजुरी दिएकी युवतीका श्रीमान् घटना भएको राति कामको सिलसिलामा घरबाहिर रहेका थिए । प्रहरीले अन्सारीलाई अदालतमा पेश गरेपछि अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ ।

प्रकाशित : २०७८ असार ११, शुक्रबार ११:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ