त्रिविका आंशिक प्राध्यापकहरूले सुरु गरे आन्दोलन, बन्द भयो अनलाइन कक्षा


काठमाडौं : त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले अनलाइन कक्षा बन्द गरेका छन् । गत वर्षको पुस २४ गते त्रिवि र आशिंक प्राध्यापक संघबीच भएको सहमति अनुसार सेवा सुविधा नपाएको भन्दै उनीहरूले अनलाइन कक्षा बन्द गरेका हुन् ।

त्रिवि आंशिक प्रध्यापक संघले शुक्रबार विज्ञप्ति जारी गर्दे त्रिविका आंगिक क्याम्पसहरूका अनलाइन कक्षा बन्द गर्ने जनाएको छ । त्रिविले पुस २४ गते आंशिक प्रध्यापकहरूलाई शिक्षण सहायक सरहको सेवा सुविधा उपलब्ध गराउने सम्झौता गरेपनि त्यसलाई हालसम्म कार्यान्वयन नगरेकोले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरिएको प्रध्यापक संघले जनाएको छ ।

उक्त सम्झौता कार्यान्वयमा नल्याउँदा सम्मको लागि अनलाइन कक्षा बन्द गरिएको र यसबाट विश्वविद्यालयलाई पर्न जाने क्षतिप्रति त्रिविका पदाधिकारी नै जिम्मेवार रहेको पनि संघको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कोरोना महामारीका कारण भौतिक रुपमा कक्षा सञ्चालन हुन सक्ने सम्भावन नरहेकाले अहिले देशभरका विद्यालय तथा विश्वविद्यालयहरूले अनलाइन कक्षामार्फत विद्यार्थीको अध्ययनलाई अघि बढाई रहेका छन् ।

प्रकाशित : २०७८ असार ११, शुक्रबार १५:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ