धनुषाका शहिदनगरसहित ५ स्थानीय तहले ल्याउन सकेन बजेट


जनकपुरधाम : धनुषाका १८ मध्ये पाँच स्थानीय तहले निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेका छैनन् । असार १० गतेभित्र नगर तथा गाउँसभा मार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने कानुनी व्यवस्था भए पनि पाँच पालिकाहरुले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न नसकेका हुन् ।

त्यस्ता पालिकाहरुमा गणेशमान चारनाथ नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र धनौजी गाउँपालिका छन् । ति पालिकाहरुले तयारी नपुगेको कारण देखाउँदै बजेट ल्याउन नसकेका हुन् ।

बजेट ल्याउनेमा जनकपुरधाम उपमहानगरपालिकाले १ अर्ब ५३ करोड ८७ लाख ६१ हजार, मिथिला नगरपालिकाले ६५ करोड १८ लाख ५० हजार २३० रुपैयाँ २० पैसा, हंसपुर नगरपालिकाले ६२ करोड ८० लाख ५६ हजार, क्षीरेश्वरनाथ नगरपालिकाले ६१ करोड २४ लाख ६१ हजार, धनुषाधाम नगरपालिकाले ५६ करोड ५१ हजारको बजेट बिनियोजन गरेको छ ।

यस्तै सबैला नगरपालिकाले ६३ करोड ५२ लाख ५० हजार, नगराईन नगरपालिकाले ४७ करोड १९ लाख, विदेह नगरपालिकाले ५९ करोड, मिथिला बिहारी नगरपालिकाले ५० करोड ५५ लाख ५५ हजार, औरही गाउँपालिकाले ३८ करोड १९ लाख ५० हजार, लक्ष्मीनिया गाउँपालिकाले ३० करोड ३० हजार, मुखियापट्टी मुसहरनिया गाउँपालिकाले ४६ करोड ३५ लाख ३८ हजार ६८२ र बटेश्वर गाउँपालिकाले ३६ करोड १५ लाख ५० हजारको बजेट ल्याएको छ ।

बजेट पारित गरेका अधिकांश स्थानीय तहहरुले पुरानै योजनालाई निरन्तरता दिँदै सडक पूर्वाधार, कृषि र शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकता दिएका छन् ।

प्रकाशित : २०७८ असार ११, शुक्रबार १९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ