रौतहटमा पानी निकासको विषयमा झडप, १५ जना घाइते


रौतहट : पानी निकासको विषयलाई लिएर मौलापुर नगरपालिकामा दुई पक्षबीच भएको झडपमा १५ जना बढी घाईते भएका छन् ।

वडा नम्वर १ मर्यादपुरस्थित मोहाली साहको आँगनमा परेको आकाशे पानीको निकास हृदय नारायण यादवको खेतमा जम्मा भएको विषयमा झडप भएको प्रहरीले जनाएको छ । झडपमा साह पक्षका ८ जना र यादव पक्षको ७ जना घाइते भएका छन् ।

घाईतेहरुलाई विभिन्न अस्पताल लगिएको छ । रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

प्रकाशित : २०७८ असार १२, शनिबार १४:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ