कमला नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह


काठमाडौं । भारी वर्षाका कारण नेपालका साना तथा ठूला नदीहरूमा पानीको बहाब बढ्दो छन् । सिन्धुलीको कमला नदी रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी बिहान पाँच बजेदेखि परासीस्थित बर्दाघाट वर्षामापन केन्द्रमा पनि भारी वर्षामापन भएको छ । उक्त क्षेत्रका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन आग्रह छ ।

बिहान दुई बजेदेखि मकवानपुरस्थित रजैया र हेटौंडा वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको हुँदा पूर्वी राप्ति नदी तटीय क्षेत्रहरूमा दिउँसो सम्म सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

प्रकाशित : २०७८ असार १६, बुधबार ०९:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ