जनकपुर भानु चोकमा यति सुरक्षाकर्मी किन ?


जनकपुरधाम : जनकपुरको भानु चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । विपक्षी गठबन्धनका यूवा तथा विद्यार्थी संगठनहरुले सरकारविरूद्ध प्रदर्शन गर्दा यूवा संघका कार्यकर्ताले प्रतिकार गर्ने हल्ला चलेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका हुन् ।

आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमंत्री केपीशर्मा ओलीको कदमविरूद्ध विपक्षी गठबन्धनका यूवा तथा विद्यार्थी संगठनहरुले केहिबेरमा रेल्वे स्टेशनबाट -याली निकाल्दैछन् । जनकचोकमा उनीहरु कोणसभा गर्नेछन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको असंवैधानिक, अलोकतान्त्रिक, असक्षम राजकार्य, भ्रष्टाचार, तानाशाही विरुद्ध -याली निस्किने जसपा यूवा नेता बलिराम कापरीले जानकारी दिए ।

यस अघि जनकपुरमा विपक्षी गठबन्धनका यूवा तथा विद्यार्थीहरुले -याली निकाल्दा नेकपा एमालेका यूवाहरु बिथोल्ने प्रयास गरेको थियो । सोही कारण आज विपक्षी गठबन्धनका यूवा तथा विद्यार्थीहरुले तयार भएर प्रतिकार गर्नेसंग सामना किसिमले प्रदर्शन गर्न लागेको बुझिएको छ । सम्भावित झडपको मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन भएका छन् ।

स्रोतका अनुसार आज नेकपा एमालेका यूवाहरु विपक्षी गठबन्धनको विरोध -याली बिथोल्ने छैन् ।

प्रकाशित : २०७८ असार १६, बुधबार १६:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ