सिरहामा प्रचण्ड र माधवका विद्यार्थीद्वारा ओली सरकारविरूद्ध मशाल जुलुस


गणेश साह, सिरहा : सिरहाको गोलबजारमा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज सांझ मशाल जुलुस प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओलीको राजिनामा माग्दै नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव नेपाल समूहका विद्यार्थीहरुले मशाल जुलुस निकालेका हुन् । प्रदर्शनमा सहभागीहरुले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने र संसद पुन: स्थापना गर्नुपर्ने नारा लगाएका थिए ।

पछिल्लो समय मधेसका जिल्लाहरुमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध आन्दोलन हुन थालेको छ ।

प्रकाशित : २०७८ असार १९, शनिबार २०:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ