प्रधानमन्त्री ओलीको पुत्ला जलाउँदा प्रहरीको हस्तक्षेप, १५ जना पक्राउ


काठमाडौं : नेपाल विद्यार्थी संघले काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउँदा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीले पुत्ला जलाउन नदिन हस्तक्षेप गरेपछि नेविसंघका कार्यकर्ताबीच झडप समेत भएको हो । प्रहरीले प्रदर्शन तथा पुत्ला जलाउने क्रममा १५ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा विपक्षी गठबन्धनका विद्यार्थीहरुले काठमाडौंसहित देशभर निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित : २०७८ असार २०, आईतवार १८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ