प्रदेश २ : ईटाभट्टाले खनेको खाल्डोमा डुबेर ७ वर्षीया बालिकाको मृत्यू


टुडेखोज, जनकपुरधाम : प्रदेश २ को बारामा ईटाभट्टाले खनेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यू भएको छ ।

मृत्यू हुनेमा कलैया उपमहानगरपालिका १० की सात वर्षीया बालिका मनिषा कुमारी रामको मृत्यु भएको हो । बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार सोनी इँटाभट्टाले खनेको खाल्डोमा जमेको पानीमा डुबेर मनिषाको मृत्यू भएको छ ।

यसअघि पनि ईटाभट्टाले खनेको खाल्डोमा डुबेर प्रदेश २ कै जिल्लामा दर्जनौं बालबालिकाको मृत्यू भएको छ । तर अवैध ढंगले खाल्डो खनेका ईटाभट्टालाई सम्बन्धित निकायले कारबाही गरेका छैन ।

प्रकाशित : २०७८ असार २०, आईतवार १८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ