विपक्षी गठबन्धनका विद्यार्थीको विरोध प्रदर्शन- ‘राष्ट्रपति-प्रधानमन्त्री संविधान पढ’


काठमाडौं : विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले सोमबार काठमाडौंको माइतीघर, मण्डलमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधव नेपाल समूहनिकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौं)ले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । विरोध प्रर्दशमा विद्यार्थी संगठनहरुले ‘राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ’ भन्ने प्लेकार्डसहित नाराबाजी लगाएका थिए ।

सोमबार प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको अन्तिम बहस सकिएकै दिन विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । विरोध प्रर्दशनमा प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै उनीहरुको नारबाजी लगाएका थिए ।

प्रकाशित : २०७८ असार २१, सोमबार १८:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ