पूर्वमन्त्री प्रभु शाहविरुद्ध प्रहरीमा उजुरी दर्ता, ठगि गरेको आरोप


काठमाडौं : एमाले नेता एवं पूर्वमन्त्री प्रभु शाहविरुद्ध प्रहरी वृत्त, बानेश्वरमा उजुरी परेको छ । विदेश पठाइदिने भन्दै लिएको पैसा फिर्ता नदिएको आरोप लगाउँदै प्रहरीमा उजुरी परेको हो ।

३० लाख लगेकोमा १० लाख फिर्ता गरेका र थप पैसा बाँकी रहेको बताउँदै उजुरी परेको बानेश्वरका डीएसपी मिमबहादुर लामाले जानकारी दिए । उनका अनुसार अनुसार बाँसबारीकी दीपा कुँवर नामक महिलाले निवेदन दिएकी हुन् ।

सामान्ययता प्रहरीले ठाडो उजुरीमा दुवै पक्षलाई बोलाएर छलफल गराउने गर्छ । तर आरोपित भीआईपी भएकाले प्रहरीले पूर्वमन्त्रीलाई सोधपुछका लागि बोलाएको छैन् ।

प्रकाशित : २०७८ असार २१, सोमबार १९:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ