प्रदेश २ : रातीमा असारे विकास गर्न खोज्दा…


बारा : कलैया उपमहानगरपालिका वडा नम्वर १ सोनरपटी रोड निमार्ण गर्न निमार्ण कम्पनीले राती सुनसान भएको बेला असारे विकास गर्न खोज्दा राजनितिक दलले रेड-हमला गरेको छ ।

करिव १ करोडको बजेटमा निमार्ण भईरहेको असारे विकासमा राजनितिक दलले रोक लगाएको छ । माटो पुरी ग्राभेल गरि गुणस्तरहीन कार्य कुनै पनि हालमा गर्न नदिने राजनितिक दलले अडान लिएका छन् ।

राति ११ बजे पुर्व संसद प्रमोद गुप्ता, नेकपाका नेता विनोद साह, माओवादीका नेता मुकेश साह लगायतका राजनितिक दलले ठेकदार शेषनाथ साहको ग्रेडर चलिरहेको बेला सडक निमार्ण कार्य रोकी बेस सम्म मात्र निमार्ण गर्न सुझाएका थिए । वर्षायाम सकेपछि मात्र पिच गर्दा टिकाउ हुने राजनितिक दलले बताएका छन् ।

ठेकदार शेषनाथ साहले जिल्लामा यस्ता धेरै योजना लिएका छन्, जुन विवादित नै रहेको छ । हाकिम नेतालाई प्रभावमा पारि ठेक्का सकार गरि गुणस्तरहीन कार्य गर्दै आएको आरोप लागदै आएको छ ।

प्रकाशित : २०७८ असार २२, मंगलवार ०७:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ