सुजिता ठाकुर ह-त्या प्रकरण : ६ जना विरुद्ध किटानी जाहेरी दर्ता


जनकपुरधाम : महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर ह-त्याको आरोपमा माइती पक्षले ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयलाई किटानी जाहेरी दर्ता गराएको छ ।

जेठ २० गते बेपत्ता भएको भनिएकी सुजिताको ह-त्या गरी खेतमा गाडेको प्रमाणहरु फेला परेको ९ दिनपछि प्रहरीले जाहेरी दर्ता गरेको हो । मधेसी आयोगको निर्देशनपछि प्रहरीले असार १३ गते शंकास्पद खेतमा उत्खनन गर्दा शरिरका अवशेषहरु फेला परेको थियो । करिब ५ फिट गहिरो खाल्डो खनेपछि फेला परेको अवशेष सुजिताकै रहेको अनुमान छ । तर पुष्टि भने भइसकेको छैन ।

उत्खनन गर्दा ह-त्या भएको अपुष्ट प्रमाणकै आधारमा प्रहरीले तत्कालै सुजिताका श्रीमान मुकेश ठाकुर र देबर रुपेश ठाकुरलाई नियन्त्रणमा लिए । अहिले पनि सुजिताका श्रीमान र देबर प्रहरीकै हिरासतमा छन् । पक्राउ परेका सुजिताका श्रीमान सुस्त मनस्थितिको भएको बताइएको छ । यद्दपी उनको पनि संलग्न रहको देखिएकाले प्रहरी अनुसन्धान गरिरहेको छ ।

आईतवार माइत पक्षले सुजाता ह-त्यामा श्रीमान, देबर, ससुरासहित परिवारकै ५ जना र एक जना ड्राइभरको संलग्न देखिएको भन्दै उनी सबै जनामाथि किटानी जाहेरी दिएको स्रोतले जनायो । महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले सुजिता ह-त्याको आरोपीहरुमाथि उजुरी दर्ता भएको पुष्टि गरे । तर कति जनाविरुद्ध र कसले उजुरी दर्ता गराएको विषयमा उनले केहि बताउन चाहेनन् ।

उनले भने, ‘अनुसन्धान प्रभावित हुनसक्छ । त्यसैले अहिले नै सबैकुरा भन्न सकिन्नँ ।’ सुजिताको ह-त्या भएको प्रमाणहरु फेला परेपनि प्रहरीले किटानी जाहेरी दर्ता गर्न मानेका थिएन ।

घटना ढाकछोप गरी अपराधी उम्काउने प्रयास भइरहेको भन्दै सुजिताका माइत पक्षले प्रदेश २ सरकारका गृहमन्त्री ज्ञानेन्द्र कुमार यादवसँग पनि गुहार गरेको थियो । अधिकारकर्मीहरु पनि निरन्तर दबाब दिएपछि प्रहरीले उजुरी दर्ता गरेको बुझिएको छ ।

प्रकाशित : २०७८ असार २२, मंगलवार ०८:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ