३१ लाख ९० हजार रुपैयाँसहित यि दुई युवक प्रहरी फन्दामा परे


रुपन्देही : रुपन्देहीमा ३१ लाख ९० हजार रुपैयासहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका १ का २१ वर्षीय विनय कलवार र भारत उत्तर प्रदेश नौतनवाका ३५ वर्षीय सुरज गौण रहेका छन् ।

सिद्धार्थनगर नगरपालिका १ स्थित बाइपासमा मंगलबार दिउँसो लु २१ प २२१२ नम्बरको स्कुटीमा गइरहेको कलवार र गौणमाथि प्रहरीलाई शंका लागेको थियो । स्कूटी रोकेर चेकजाँच ३१ लाख ९० हजार रुपैया बरामद भएपछि दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुले रकमको स्रोत खुलाउन सकेका छैन । हुण्डीको कारोबारी रहेको आशंकामा प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि दुबै जनालाई राजश्व कार्यालयमा बुझाएको छ ।

प्रकाशित : २०७८ असार २२, मंगलवार १८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ