सशस्त्रको डीआईजीमा बढुवाका लागि दुई एसएसपीको नाम सिफारिस


काठमाडौं : सशस्त्र प्रहरीको बढुवा समितिले रिक्त दुई डीआईजीमा बढुवाका लागि दुई जना एसएसपीको नाम सिफारिस गरेको छ । एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

बढुवा समितिको मंगलबार बसेको बैठकले सिफारिसको निर्णय गर्दै बढुवा उपर कुनै उजुरी भए ७ दिनभित्रमा समितिमा दिन बढुवा समितिका सदस्य सचिव सशस्त्रका एआईजी रामशरण पौडेलले सूचना जारी गरेका हुन् । यसअघि बढुवाका लागि तीन दिनभित्रमा आवेदन दिन भनिएको थियो ।

प्रकाशित : २०७८ असार २२, मंगलवार १९:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ