पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो, ग्यास २५ रुपैयाँ महँगियो


काठमाडौं : नेपाल आयल निगमले चालू आर्थिक बर्ष ०७७–७८ को लागि मंगलबार अन्तिम पटक मुल्यवृद्धि गरेको छ । यो पटक पेट्रोल, डिजेल, मट्टितेल, हवाइ इन्धन र ग्यास गरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको यस्तो निर्णयले बजारमा महँगी बढ्ने सरोकारवाला बताउँछन् ।

आयल निगमले मंगलबाररातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक बायु सेवाले प्रयोग गर्ने हवाइ इन्धनमा २–२ रुपैयाँ प्रतिलिटर, अन्तर्राष्ट्रिय बायु सेवाले प्रयोग गर्ने हवाइ इन्धनमा १९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मुल्य वृद्धि गरेको छ ।

मूल्यवृद्धि पछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय २९, डिजेल र मट्टितेल समान १ सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ । आन्तरिक हवाइ इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाइ इन्धन ७ सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको छ ।

  • नयां पत्रिका
प्रकाशित : २०७८ असार २२, मंगलवार २०:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ