जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगद्वारा इजलास गठन


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)मा देखिएको विवाद निरूपण गर्न निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा इजलास गठन गरेको छ ।

बुधबार बसेको आयोगका पदाधिकारीहरुको बैठकले इजलास गठन गरिएकाे हो । बैठकले जसपा विवादमाथिको सुनुवाइका लागि आगामी साउन ३ गते बिहान ११ बजे जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षलाई बोलाउने निर्णय पनि गरेको छ । साथै बहसका लागि कानुन व्यवसायी राख्ने भए साथमै ल्याउन आयोगले भनिएको छ ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो । आयोगले दुवै पक्षलाई मंगलबार बोलाएर सहमति जुटाउने प्रयास गरेपनि दुवै पक्षले मिलेर जान अस्वीकार गरेपछि दलको आधिकारिकताको सुनुवाइ प्रक्रियामा जानुपरेको आयाेगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले बताए ।

प्रकाशित : २०७८ असार २३, बुधबार १५:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ