जनकपुरमा निवर्तमान मन्त्री अरगरियालाई भव्य स्वागत


जनकपुरधाम । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री उमाशंकर अरगरियालाई जनकपुरमा भव्य स्वागत गरिएको छ ।

काठमाडौंबाट गृहजिल्ला आएका निवर्तमान मन्त्री अरगरियालाई जनकपुर विमानस्थलमा समर्थक, जसपाका नेता र कार्यकर्ताहरूले भव्य स्वागत गरेका हुन् । उनी आफन्तको विवाह समारोहमा सहभागी हुन आएको बुझिएको छ ।

संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिंदै उनले संसद पुन:स्थापना हुने सम्भावना नरहेको बताए । उनले भने- पहिलो पटक संसद पुन:स्थापना हुंदा के भयो सबैलाई थाहा छ । त्यसैले संसद पुन:स्थापना हुने सम्भावना छैन ।’

प्रकाशित : २०७८ असार २३, बुधबार १९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ