सप्तरीमा नर्सको स्कुटर चोरी गरेर भाग्दै गरेका चोर पक्राउ


सप्तरी : स्कुटर चोरेर भारततर्फ जाँदै गरेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ । डाक्नेश्वरी नगरपालिका–९ की पुनम साहको स्कुटर चोरेर भारततर्फ जाँदै गरेका सोही ठाउँका २६ वर्षीय जितेन्द्र सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश २–०१–००१ प ३७४० नम्बरको स्कुटर चोरेर जाँदै गरेका सरदारलाई बोदे बर्साइन नगरपालिका–९ स्थित सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिए ।

उनका अनुसार सरदारले स्टाफ नर्स साहको घरको ग्रिल तोडी बुधबार राति स्कुटर चोरेर भारततर्फ जाँदै थिए । चोरिएको स्कुटरसहित पक्राउ परेका सरदारलाई नेपाल प्रहरीको जिम्मा लगाइएको बिष्टले बताए ।

प्रकाशित : २०७८ असार २४, बिहीबार १७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ