प्रदेश २ मा निर्वाचन क्षेत्र विकास कार्यक्रम खारेज गर्न सांसद यादवको माग


जनकपुरधाम : प्रदेश २ मा पनि निर्वाचन क्षेत्र विकास कार्यक्रम खारेज गर्नुपर्ने आवाज उठेको छ । शुक्रवार बसेको प्रदेशसभा बैठकमा एमाले सांसद मञ्जु यादवले सो कार्यक्रम खारेज गर्न माग गरिन् ।

यसअघि एमाले र माओवादी केन्द्रका सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाउनुपर्ने माग गरेको थियो । तर सांसद यादवले भनिन्, ‘२५ दिनसम्म बजेटमाथि छलफलका लागि बैठक किन बसेन । म आज पनि थाहा पाउन सकिन । तर मिडियामा सांसदले रकम बढी मागेपछि बैठक बस्न नसकेको कुरा आइरहेको छ । त्यसैले त्यो कार्यक्रम नै खारेज गर्दा हुन्छ ।’

बैठकमा माओवादी सांसद सुन्दर बहादुर विश्वकर्माले भने निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाउन सरकारको ध्यानाकर्षण गराए । निर्वाचन क्षेत्र विकास कार्यक्रमले नै हरेक क्षेत्रमा प्रदेश सरकारको उपस्थिति देखिएको उनको भनाई थियो ।

प्रकाशित : २०७८ असार २६, शनिबार ०८:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ