साँसद थापाले सदनमै भनिन्- लुट्न सके लुट सरकार, प्रदेश २ मै छ छुट !


जनकपुरधाम : नेकपा (एमाले)की सांसद शारदा थापाले प्रदेश नम्बर २ सरकारको बजेटमाथि कटाक्ष गरेकी छन् । शनिबारको प्रदेशसभा बैठकमा सांसद थापाले भनिन्, ‘लुट्न सके लुट सरकार, प्रदेश २ मै छ छुट ।’

सरकारले कार्यकता पाल्ने योजनाहरु मात्र ल्याएको भन्दै उनले आक्रोस पोखिन् । सांसदले संसद्मा उठाएको मुद्दालाई सरकारले बेवास्ता गरेको उनको भनाइ थियो ।

जनता आवास कार्यक्रम अलपत्र रहेको उदाहरण दिँदै उनले सरकारले समयमा बजेट उपलब्ध नगराएकोप्रति आपत्ति जनाइन् । सरकारले तेस्रो किस्ताको रकम नपठाउँदा असारको वर्षामा गरिबको बिजोग भएको उनले बताइन् ।

प्रकाशित : २०७८ असार २६, शनिबार १६:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ