नसोचेको अप’राध ! जनकपुरका अस्पतालमा बच्चा बदला-बदली


  • सरोज राय, सामाजिक अभियन्ता

जनकपुरको एउटा प्राइवेट अस्पतालमा नवजात शिशु बदला-बदली गरेको घटना सामुने आएको छ । जानकारी अनुसार उक्त प्राइवेट अस्पतालमा केहि सत्ता अगाडी एउटा महिलाको छोरा जन्म भयो र अर्को महिलाको छोरी जन्म भयो । अस्पतालले दुवै शिशुको अद्ला-बदली गरि दिए । छोरा पाएको महिलाले विरोध पनि गरे तर अस्पतालले छोरी नै भएको दावा गरेपछि सोझा जातका ति महिला छोरीलाई लिएर घर फर्किन । आमाको हिर्दयले छोरी आफ्नो रहेको मानेन । ७/८ दिन पछि एरिया प्रहरीलाई नेवेदन दिए ।

अस्पतालको संचलाक र छोरा लिएर गएका अर्को परिवार प्रहरीमा हाजिर भए, पिडितसंग छोरी लिएर छोरा वापस दिए र यो घटना त्यहिँ सामसुम भयो । यसवारे मलाई जानकारी हुनसाथ पिडित महिलालाई खोज्न हिजो निस्केको थिए तर भेट भएन । मलाई थाहा थियो- यसवारे अस्पतालले बोल्दैन, घटनाको सत्य-तथ्य निवेदन परेको प्रहरीले अवश्य बताउने छ भनेर सिधा उक्त चौकीको प्रहरी निरिक्षकलाई फोन गरेर आफ्नो परिचय दिए र सोधे अस्ति एउटा महिलाले निवेदन दिएको थियो, के उसले आफ्नो शिशु वापस पाए ? प्रहरीको जबाव थियो ‘पायो’ । घटना भएको पहिलो संकेत पाईसके ।

प्रहरी निरिक्षक संग भेट्न पुगे, पिडितले निवेदन दिएको र यहिँ छोरा वापस पाएको प्रहरीले स्वीकारे तर उंहाले फरक घटना सुनाए । जति सोध्दा पनि दुवै महिला मध्य कसैको परिचय प्रहरीले दिएन । प्रहरी चौकीबाट निस्किने बेलामा अवाज रेकर्ड गरिएको छ कि शंकामा मेरो मोबाइल ति निरिक्षकले बडो ध्यानले निरक्षण गरे । कसैको आवाज रेकर्ड गर्ने मेरो बानि नै छैन, मोबाइल वापस दियो तर दालमा अवश्य केहि कालो भएको अनुभूति भयो ।

यो सामान्य घटना होइन, मानवता माथि कै प्र’हार हो । चिकित्सकलाई भगवानपछि मानवरुपी भगवानको दर्जा दिएका छौँ, यदि घटना सत्य हो भन्ने ठुलो विश्वासघात हुनेछ । उक्त निरिक्षक कति सहि बोल्दैछ त्यसको पनि अनुसन्धान हुनु जरुरि छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालय, संघीय र प्रदेश प्रहरी लगायत प्रदेश सरकार समेतलाई यस घटनाको सत्य-तथ्य बुझ्न निस्पक्ष जाँचको लागि अनुसन्धानको समिति गठनको मांग गर्दछु ।
धन्यवाद
सरोज राय

प्रकाशित : 11 July 2021 8:53 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !