सिरहा : आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ


टुडेखोज, सिरहा : सिरहामा एक घटनाले समाजलाई समेत लज्जित बनाएको छ । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेपछि समाज नै लज्जित बनेको हो ।

यो घटना मिर्चैया नगरपालिकाको हो । स्थानीय ४० वर्षीय शर्मा थरका व्यक्ति छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । उनको पहिचान गोप्य राखिएको छ ।

पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान र कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित : २०७८ असार २७, आईतवार २२:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ