जसपा उपेन्द्र समूह देउवा सरकारमा सहभागी हुने !


टुडेखोज, जनकपुरधाम : सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको फैसला गर्नुका साथै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पनि परमादेश जारी गरेको छ ।

प्रधानमन्त्री केपीशर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । सोभन्दा अगाडी देउवालाई प्रधानमन्त्री बनाउन १४६ साँसदले समर्थन गरेका थिए । जसमा जसपा उपेन्द्र यादव पक्ष पनि हस्ताक्षर गरेको थियो ।

जसपा अध्यक्ष यादव सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने यसअघि नै पटक पटक बताइसकेका छन् । अब अदालतको परमादेशले २ दिनभित्र देउवा प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

उपेन्द्र यादव यसअघि नै देउवालाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिसकेकाले सरकारमा सहभागी हुने लगभग पक्का छ । तर यसबारे अहिले कुनै नेताले प्रतिक्रिया दिएका छैन ।

प्रकाशित : २०७८ असार २८, सोमबार १३:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ