औरहीमा जन्ती आएका म्याजिकबाट लडेर १० वर्षकै बालक यादवको मृत्यू


टुडेखोज, सिरहा : औरही गाउँपालिका ३ मा म्याजिक गाडीको पछाडिबाट लडेर स्थानीय नन्द कुमार यादवको छोरा १० वर्षीय चन्दन कुमार यादवको मृत्यु भएको छ ।

बिवाहमा जन्ती लिएर आएका नम्बर नखुलेको उक्त म्याजिक पछाडीबाट लडेर बालक यादव गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि जिल्ला अस्पताल सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । म्याजिकबारे प्रहरीले केहि खुलाएका छैन् ।

प्रकाशित : २०७८ असार २८, सोमबार २२:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ