कोठाको भित्तामा टाउको ठोकाई सुजिताको ह-त्या गरेको खुलासा, पुरा नालिबेली


टुडेखोज, जनकपुरधाम : महोत्तरीको लोहरपट्टी नगरपालिका ७ की २६ वर्षीया सुजिता ठाकुरको हत्या देबर रुपेशले कोठाको भित्तामा टाउको ठो’काई घाँटी थि’चेर गरेको खुलेको छ ।

मंगलवार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी चार अभियुक्तलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार जेठ २० गते घरमै सुजिताको ह-त्या गरी देबरले पलङ मुनी लुकाए । राति करिब ९–९ बजेट खेतमा लगी खाल्डो खनेर गाडेका थिए ।

खेतमा गाडेको आशंका माइत पक्षले गरेर प्रहरीलाई अनुसन्धानको माग गरेपछि देबर रुपेशले जेठ २९ मा पुनः त्यहाँबाट सुजिताको शव सारेको खुलेको छ । खेतबाट सारेर देबर रुपेशले आफ्नै पेट्रोल पम्पको सेफ्टी ट्याङकमा लुकाएको थियो ।

हेर्नुस् पुरा विवरण :
मिति २०७८/०२र/२० गतेका दिन देखी हराई बेपत्ता भएकी सुजिता देवी ठाकुरलाई खोजतलाश गर्ने क्रममा निज सुजिता देवी ठाकुरको आफ्नै ससुरा पतिराम ठाकुरको खेतमा निजकै घर परिवारको सदस्यले हत्या गरी खाल्डो खनी गाडेको हुन सक्ने भन्ने बिशेष सूचनाको आधारमा मिति २०७८/०३/१३ गते यस कार्यालयबाट प्र.ना.उ. प्रकाश बिष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले निज पतिराम ठाकुरको घर देखि करिव १ किमि दक्षिण रहेको धानको बिउ छरी उम्रिएको खेतको

उत्तर-पूर्व कुनामा शंका लागी अन्दाजी ५ फिट लम्वाई र ३.५ फिट गहिरो खाल्टो खनी हेर्दा नुनजस्तो पदार्थ तथा माटो लागेको तन्ना र पर्दाको कपडा भेटिएको, खाल्डो भित्र कुनै अंग नरही महिलाको कपालजस्तो देखिने चिजबस्तुको भाग फेला परेको सोही, चिजबस्तु कानूनी रितपूर्वक मुचुल्का खडा गरी संकलन गरी थप परीक्षणको लागी श्री केन्द्रीय प्रहरी बिधी विज्ञान प्रयोगशाला, सामाखुशी काठमाण्डौमा पठाईएकोमा सो चिजबस्तुहरू मध्ये कपाल जस्तो देखिने बस्तु संकलन गरी परीक्षणको लागी राखिएको र निज सुजिता देवी ठाकुरको बुवा कामेश्वर पाण्डे र आमा सुनिता देवी पाण्डे भन्ने सुनिता कुमारी देवीबाट नमुना परीक्षणको लागि आवश्यक पर्ने रगत संकलन गरी परीक्षणको लागी केन्द्रिय प्रहरी बिधी विज्ञान प्रयोगशाला, सामाखुशी काठमाण्डौमा पठाईएको ।

–अनुसन्धानकै क्रममा सोधपुछ गर्दा खुल्न आएका जानकारीहरूलाई मध्यनजर गरी मिति २०७८।०३।२६ गते राती करिव ११ :०० बजे परिचालित प्रहरी टोलीले सोही बिहान करिव ०१ :०० बजेको समयदेखि निरन्तर उत्खनन् गरी बेपत्ता भएकी सुजिता देवी ठाकुरको ससुरा पतिराम ठाकुरको ऐ.ऐ. आफ्नो घरदेखि अन्दाजी ५०० मिटर पूर्वतर्फको निर्माणाधिन पेट्रोलपम्पसंग जोडिएको काठको गोलियाहरु राख्ने चिरान गोदामको जग्गाको उत्तरतर्फ सबैभन्दा पछिल्लो भागमा निर्माणाधिन ९ फिटको गहिराई, १३ फिट ७ ईन्च लम्वाई र ५ फिट ९ ईन्च चौडाई भएको सेफ्टी ट्यांकीको भित्र पट्टि भुईंको भागमा करिव ६ ईन्च बाक्लो ढलान गरी सो भन्दा मुनि करिव ४ फिट गहिरो खाडल खनि जुटको बोरामा हाली गाडिएको अबस्थामा ऐ. ३/२७ गते बिहान करिव १०:०० बजेको समयमा अर्ध सडिगलि गएको अवस्थामा महिलाको शव फेला परेको ।

–मृतकको बाँकी रहेको कपाल, शरीरमा रहेको कपडा तथा शारिरिक बनोटले उक्त शव सुजिता देवी ठाकुरको नै रहेको भनेर तत्काल उक्त स्थानमै मृतकको बुवा कामेश्वर पाण्डे र आमा सुनिता कुमारी देवीले सनाखत गरिदिएको ।
–उत्खननको क्रममा प्रादेशिक अस्पताल जनकपुरका फरेन्सिक एक्सपर्ट डाक्टर समेतलाई सोही स्थलमा झिकाई अवलोकन गराईएको ।
–उक्त शवलाई शव परीक्षणको लागी मिति २०७८।०३।२७ गते प्रादेशिक अस्पताल, जनकपुर पठाईएकोमा सोही दिन शव परीक्षण गरी आफन्तहरूले सदगतको लागी जिम्मा बुझि लगेको ।

–मिति २०७८।२।२० गते बिहान करिव ८ देखि ९ बजेको बिचमा देवर रुपेश ठाकुरले सुजिता देवी ठाकुरको कोठा भित्र घित्रोमा मुक्का प्रहार गरी कोठाको भित्तामा टाउ’को ठोकाई घाटी समेत थिची ह-त्या गरेको ।
–हत्या गरी दिनभरी शवलाई सुजिता देवी ठाकुरकै सुत्ने पलङमा छोपेर कोठा बाहिरबाट ताल्चा लगाई राखेको र सोही दिन सांझ निजको ससुरा पतिराम ठाकुरको घर देखि करीव १ कि।मी।दक्षिणमा रहेको खेतमा खाल्टो खनि करीव ०८ : ३० देखी ०९ :०० बजेको समयमा आफनै ट्याक्टरमा मृतकको शव राखी खेतसम्म पुर्‍याई गाडेको ।

–ऐ. २१ गते शव गाडेको खेतमा खाल्टो वरिपरिको भागमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेको ।
–मिति २०७८/०२/२० गते राती गाडेको शव मिति २०७८/०२/२९ गते मध्यराती पुनः खनेर निकाली पतिराम ठाकुरकै घरदेखि अन्दाजी ५०० मिटर पूर्वतर्फको निर्माणाधिन पेट्रोलपम्पसंग जोडिएको निजकै काठको गोलियाहरु राख्ने चिरान गोदामको जग्गाको उत्तरतर्फको भागमा रहेको निर्माणाधिन सेफ्टि ट्याङकीमा ४ फिट गहिरो खाडल खनि शव पुन स् गाडी ६ ईन्च मोटो ढलान गरी माथिल्लो भागमा मसला (सपेता) का काठका गोलियाहरू राखी सेफ्टी ट्याङकी बाहिरबाट अरूले नदेखिने गरी ढाकेको ।
–मिति २०७८।०२।२९ गते शव स्थानान्तरण पश्चात शव गाडिएको पहिको स्थानमा (खेतमा) भोलीपल्ट मिति २०७८/०२/३० गते पुनः खाल्टो वरिपरिको भागमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेको ।

हाल पक्राउ परेका ब्यक्तिहरू :
–जिल्ला महोत्तरी, लोहारपट्टी नगरपालिका वडा नम्बर ७ बस्ने पतिराम ठाकुरको छोरा बर्ष २९ को रूपेश ठाकुर । (मृतकको देवर)
–ऐ.ऐ.बस्ने रामचन्द्र मण्डलको छोरा बर्ष ३७ को बण्ठा भन्ने किशोरी मण्डल ।
–ऐ.ऐ. बस्ने हकिम कवारीको छोरा बर्ष ३३ को मुल्ला भन्ने आदम राईन
–ऐ.ऐ. बस्ने रामचन्द्र मण्डलको छोरा बर्ष ३२ को नथुनि मण्डल ।

–तत्काल मृतकको पति बर्ष ३१ को मुकेश ठाकुरलाई समेत पक्राउ गरिएकोमा हालसम्मको अनुसन्धानबाट घट्नामा निजको संलग्नता देखिने आधार नपाईएकोले निजलाई थुनामुक्त गरी निजको ससुरा तथा मृतकको बुबा कामेश्वर पाण्डेको जिम्मा लगाईएको ।
–पक्राउ परेका बण्ठा भन्ने किशोरी मण्डल, मुल्ला भन्ने आदम राईन र नथुनि मण्डल मृतकको शव ओसार पसार गरी शव गाड्न तथा शवलाई स्थानान्तरण गर्ने कार्यमा सहयोग पुर्‍याएको ।
–बिस्तृत अनुसन्धान जारी नै रहेको ।

प्रकाशित : २०७८ असार २९, मंगलवार २०:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ