प्रदेश २ : बालविवाह गरेका दुलहा सहित ३ जना पक्राउ


टुडेखोज, वीरगञ्ज : बालविवाह गरेको आरोपमा दुलाहा र अन्य दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पकहा मैनपुर गाउँपालिका १ का २४ वर्षीय दुलाहा विशाल सहनी र स्थानीय ६५ वर्षीय ठग सहनी र बाराको प्रसौनी गाउँपालिका ५ का ४८ वर्षीय महेश सहनी पक्राउ परेका हुन् । ठग र महेश विवाह गराउने कार्यमा संलग्न रहेको प्रहरीको दावी छ ।

१७ वर्षीया किशोरीसंग विशालले असार १७ गते बिवाह गरेका थिए । १३ दिनपछि प्रहरीले थाहा पाएपछि उनी जनालाई पक्राउ गरी विवाहसम्बन्धी कसुरमा पर्सा प्रहरीले अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित : २०७८ असार ३०, बुधबार २२:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ