धनुषा : जन्मकैद सजाय पाएका यादवलाई प्रदेश प्रहरीले ४० वर्षपछि समात्यो


टुडेखोज, जनकपुरधाम : क’र्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धनुषाबाट जन्मकैद सजाय पाएका एक व्यक्तिलाई ४० वर्षपछि प्रदेश प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सबैला नगरपालिका ४ का अन्दाजी ६० वर्षीय बिकरु यादव रहेका छन् । आफ्नै गाउँका सुकना यादवलाई २०३८ सालमै बिकरुले ह-त्या गरेको थियो । घटनापछि फरार यादव यतिलामो समयसम्म लुकेर बसे ।

बुधवार २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको टोली उनलाई खेतबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए । प्रहरीले उनलाई अदालतमा बुझाएपछि झुम्का कारा’गार चलान गरिएको छ ।

प्रदेश २ प्रहरीमा डिआइजी उमेश रञ्जितकार आएपछि आठै जिल्ला प्रहरीलाई सक्रिय पारेको छ । अपराध नियन्त्रणका लागि फरार अभि’युक्त तथा अपरा’धीहरुलाई पक्राउ गर्न समेत निर्देशन दिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

प्रकाशित : २०७८ असार ३१, बिहीबार ०८:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ