पूर्वमन्त्री जाकिर हुसैनलाई चिट्ठी- जसपामा आउनुस्


  • मुन्ना समसुल हक

नेपालमा एक जना मुस्लिम नेता हुनुहुन्छ जसले आफ्नाे समुदायकाे सूक्ष्म अध्ययन गरेर बाेल्ने र लेख्ने गर्नुहुन्छ । उहाँ हुनुहुन्छ- माेरङका माओवादी नेता तथा पूर्वमन्त्री जाकिर हुसैन ।

मुस्लिम समुदायकाे कुनै पनि विषयमा जबसम्म उहाँ बाेल्नु हुन्न, तबसम्म कसैले चुइँक्क एक शब्द बाेल्दैन् । यहाँसम्म कि मुस्लिम आयाेग, मुस्लिम संगठन, मुस्लिम माेर्चा, इतेहाद संगठन, सांसद, मन्त्री कसैले पनि आफ्नाे तर्फबाट विषयकाे शुरुवात त गरेकाे देखिएकाे छैन । जसले पनि जाकिर हुसैनकाे विचारलाई पछ्याउँछन् । याे कसरी सत्य हाे कि जाकिर हुसेन नेपालमा मुस्लिम समुदायकाे विषयमा ट्रेण्डसेटर भइसक्नु भएकाे छ ।

देश विदेश सबैतीर उहाँकै चर्चा हुने गर्छ । उहाँले बाेलिसकेपछि साना ठूला सबैले कपि-पेस्ट सुरू गर्छन् । अनि जस् पनि खुब कमाउँछन । जाकिर हुसैनकाे कामकाे जस् जहिल्यै अरूले नै कमाउँछन् ।

जाकिर हुसैनकाे अर्काे सबभन्दा राम्राे गुन भनेकाे उहाँ साम्प्रदायक विचारलाई टेवा दिनु हुन्न । विकास निर्माणमा सबैलाई बराबर हेर्नुहुन्छ । उहाँ सबैकाे पहिचान र सम्मान गर्नुपर्छ भन्ने विचार राख्नु हुन्छ । आफ्नाे समुदायकाे संरक्षण र विकाससँगै अन्य समुदायकाे बिपक्षमा कहिल्यै उभिनुहुन्न ।

म त्यस जाकिर हुसैनकाे कुरा गर्दैछु, जसलाई कुन कुन कारणले माओवादी पार्टी छाडेर समाजवादी पार्टीमा आउन मैले ३ पानाकाे चिठी पठाएकाे छु । त्याे जाकिर हुसैनकाे कुरा गर्दैछु, जसलाई माओवादीले केन्द्रीय नेता बनायाे । सभासद बनायाे । मन्त्री पनि बनायाे । २०७४ मा प्रत्यक्ष चुनावमा टिकट पनि दियाे । तर ४-५ वर्ष यतादेखि माओवादी केन्द्रकाे कुनै समितिकाे सदस्य हुनुहुन्न । म उहाँलाई साेध्छु जहाँ तपाईकाे मर्यादा नै छैन, त्यहाँ के गर्न बस्नु भएकाे छ ? आउनुस् हाम्राे पार्टीमा उचित स्थान दिलाउँछाैं हामी ।

(चिट्ठी लेखेका मुन्ना समसुल हक जसपा प्रवास बिशेष प्रदेश समिति सदस्य हुन् ।)

प्रकाशित : 15 July 2021 9:34 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !