प्रदेश २ : मैथिलीमा शपथ लिन नपाएको मन्त्री साह र राज्यमन्त्री कर्णको गुनासो


टुडेखोज, जनकपुरधाम : माओवादीबाट मन्त्री बनेका भरत साह र राज्यमन्त्री बनेकी रुबी कर्णले मातृभाषा मैथिलीमा शपथ लिन नपाएको गुनासो गरेका छन् ।

मन्त्रीको शपथ लिएलगत्तै उनीहरुले मन्तव्य राख्दै यस्तो गुनासो पोखे । कानुन अभावको कारणले मैथिली भाषामा शपथ लिन नपाएको उनीहरुले बताएका छन् । भाषा विवादकै कारण दिउँसो ३ बजेका लागि तय भएको शपथ ग्रहण करिब सवा ४ बजे सुरु भएको थियो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री साह र राज्यमन्त्री कर्ण बनेकी छन् । उनी दुबै जनाले मातृभाषामा शपथ लिने कानून बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित : २०७८ श्रावण २, शनिबार १७:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ