जसपा आधिकारीकता विवाद : आजदेखि निर्वाचन आयोगको इजलासमा सुनुवाई


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता विषयमा देखिएको विवाद समाधानका लागि आजदेखि निर्वाचन आयोगको इजलासमा सुनुवाई हुँदैछ ।

आयोगले दुबै पक्षलाई बोलाएर छलफल गरेको थियो । तर अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच सहमती नभएपछि आयोगले इजलास गठन गरेको थियो । आयोगले इजलासमा दुबै पक्षलाई वकिल समेत लिएर आउन सकिने भनेको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकािरकता निरुपण गर्न इजलासमा सुनुवाइ गर्न लागिएको बुझिएको छ । पार्टीमा अध्यक्ष यादवको बहुमत रहेको छ । त्यसैले उनको समूहले नै पार्टी हात पार्ने सम्भावना देखिएको छ ।

जसपामा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु एकातर्फ छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायतका नेताहरु अर्को समूहमा छन् ।

महन्थ ठाकुर समूहले तत्कालिन केपीशर्मा ओली नेतृत्वको सरकारलाई सहयोग गरेपछि पार्टीमा विवाद चुलियो । उपेन्द्र यादव समूहले भने ओलीलाई कुनैपनि हालतमा सहयोग नगर्ने अडान लिएका थिए ।

प्रकाशित : २०७८ श्रावण ३, आईतवार ०९:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ