प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ सांसद


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।

मतदानमा २४९ जना सांसद सहभागी भएका थिए । उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् ।

राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् । नेकपा एमाले केपी ओलीका चार सांसद भने देउवाको पक्षमा मतदान गरेका छन् ।

प्रकाशित : २०७८ श्रावण ३, आईतवार २२:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ