परपुरुषसँग हाँसेको भन्दै श्रीमतीको कान काट्ने यूवक पक्राउ


काठमाडौं : श्रीमतीको कान काट्ने यूवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका १ भण्डारका २५ वर्षीय मनोज नेपाली रहेका छन् ।

आइतबार उनलाई जयपृथ्वी ७ को कचाली खोला नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत असार ३० गते परपुरुषसँग हाँसेको आरोपमा उनले चक्कु लिएर श्रीमती जानकीको कान काटेका थिए । त्यसपछि उनी फरार भएका थिए ।

पक्राउ परेका मनोजमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

प्रकाशित : २०७८ श्रावण ४, सोमबार ०८:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ