जनकनन्दनी गाउँपालिकाले गर्न लागेको गाउँसभाको जनमत पार्टीद्वारा विरोध


टुडेखोज, जनकपुरधाम : धनुषाको जनकनन्दनी गाउँपालिकाले गर्न लागेको गाउँसभाको जनमत पार्टीले विरोध गरेको छ । गोप्य रुपमा गाउँसभा गर्न लागेको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनमा सहभागी जनमत पार्टीका कार्यकर्ताहरुले गाउँपालिका अध्यक्ष मुर्दावाद, गाउँसभा सार्वजनिक ठाउँमा गर, भ्रष्टाचार बन्द गर जस्ता नारा लगाएका छन् । उनीहरुले गाउँसभाबाट पारित हुने योजनाहरु पनि सार्वजनिक गर्न माग गरेको बुझिएको छ ।

प्रकाशित : २०७८ श्रावण ४, सोमबार १४:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ