घरमा एयर गन भेटेपछि रामबाबुलाई प्रहरीले समात्यो


टुडेखोज, वीरगञ्ज : एयर गनसहित पर्सा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका ५ महुवनका ६० वर्षीय रामबाबु प्रसाद कलवार रहेका छन् ।

प्रहरीले कलवारको घर खानतलासी गर्दा एक थान एयर गन बरामद भएको छ । एयर गन हतियार बरामद भएलगत्तै कलवारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार हतियार लुकाएर राखेको गोप्य सूचनाको आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । सो क्रममा कलवार सुत्ने कोठामै एयर गन बरामद भयो । एयर गन किन राखेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २०७८ श्रावण ४, सोमबार १४:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ