लोकल दारु खाएका ४ मजदुरको मृत्यु, २ जनाको अवस्था गम्भीर


काठमाडौं : बागलुङको गलकोटमा लोकल दारु (मदि’रा) खाएर सुतेका चार मजदुरको मृत्यू भएको छ । दारु खाएका दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गलकोट नगरपालिका ७ गैराखर्कमा लोकल दारु खाएका रोल्पाको सुनील स्मृति गाउँपालिका ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुध बहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र ३० वर्षीय प्रबिन घर्तीको मृत्यू भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हजारीले चारै जनाको सोमबार राति नै मृत्यू भएको जानकारी दिए । उनका अनुसार उनीहरुले गलकोट बृहत खानेपानी आयोजनामा मजदुरको रुपमा कार्यरत थिए ।

त्यस्तै रोल्पाको सुनिल स्मृती गाउँपालिका ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र सोही ठाउँका २६ वर्षीय रबिन्द्र पुनको अवस्था गम्भीर छ । घर्ती र पुन पनि मृत्यू भएका चारजनासँगै दारु खाएका थिए । दुबै जनाको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण ५, मंगलवार ०९:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ